बागलुङमा भिरबाट लडेर एकको मृत्यु

बाग्लुङ | चैत २१, २०८१

बागलुङमा भिरबाट लडेर एकको मृत्यु

बागलुङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

 

जिल्लाको तमानखोला गाउँपालिका-१ हिलका ५० वर्षीय इन्द्र घर्तीमगरको भिरबाट लडेर मृत्यु भएको हो।

 

आज बारीमा घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते हुनुभएको घर्तीमगरको हेलिकप्टरमार्फत पोखरास्थित मणिपाल अस्पतालमा पुर्‍याइएको थियो।

 

अस्पताल पुर्‍याएको केही समयमै घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए।

 

घर्ती भिरबाट एक सय मिटर तल खसेका थिए।

 

उनले भने, ‘घटनास्थलबाट उद्धार गरी त्यहाँको स्थानीय स्वास्थ्य चौकीमा ल्याएर उपचार गर्दा टाउकोमा ठूलो चोट लागेको थियो, बोल्न सक्नु हुँदैनथ्यो, तत्कालै हेलिकप्टरको व्यवस्थापन गरेर पोखरा पठाइएको थियो, अस्पताल पठाएको केही समयमै उहाँको निधन भयो।’

पोखरा:  १४ ओेैं पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ । युनाइटेड क्लव पोखराको आयोजनामा आगामी पुषको २९ देखि माघको ११ गते सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने १४ ओैं पोखराको महोत्सवको तयारी त...

थप पढ्नुहोस्

पोखरा:    पोखरामा बुधबारदेखि १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता सुरु भएको छ ।  पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतिय...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले सुनचाँदी व्यवसायमा देखिएका विद्यमान कानुनी जटिलता र करका दरहरूमा सुधार गर्न माग गर्दै अर्थमन्त्री रामेश्वर खनाललाई ध्यानाकर्षण पत्र बुझाएको छ ।  ...

थप पढ्नुहोस्